जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार ०९:२७

कोरोनाको उपचारमा नेपालमा प्रयोगमा ल्याइदै ‘रेमडेसिभिर’ (यस्तो छ यसको वास्तविकता)


काठमाडौं,  साउन २९ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को उपचारमा ‘रेमडेसिभिर’ औषधिको प्रयोग गर्न अनुमति दिएको छ। अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो।

गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ।

यो औषधिले कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको छ। अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो।

क्लिनिकल ट्रायलका लागि यो औषधि खरिद गर्न मंगलबार औषधि व्यवस्था विभागले टेन्डर आह्वान गरिसकेको छ ।

क्लिनिकल ट्रायलका लागि यो औषधि खरिद गर्न मंगलबार औषधि व्यवस्था विभागले टेन्डर आह्वान गरिसकेको छ । अमेरिकाको जिलिड फर्मास्युटिकल्सले उत्पादन गरेको यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको भन्दै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्लिनिकल ट्रायल गर्न मिल्ने जनाएको छ ।

अमेरिका, बेलायत बंगलादेश, चीन, भारत, पाकिस्तानलगायत मुलुकमा यो औषधिको क्लिनिकल ट्रायल भइरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए ।

अमेरिका, बेलायत बंगलादेश, चीन, भारत, पाकिस्तानलगायत मुलुकमा यो औषधिको क्लिनिकल ट्रायल भइरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । ‘ट्रायलमै रहेकाले यसलाई अहिले कोरोनाकै औषधि भनेर त भन्न मिल्दैन तर संक्रमण उपचारमा प्रयोग भइरहेका धेरै औषधिमध्ये रेमडेसिभिर बढी प्रभावकारी भएकाले प्रयोग गर्न लागिएको हो,’ उनले भने, ‘औषधि आयातकर्तालाई हामीले सूचना जारी गरेर खबर गरिसक्यौं । विभिन्न कम्पनीका औषधि लिएर उहाँहरू आउनु पनि भएको छ । मूल्यांकन गरेर औषधि भित्र्याउने अनुमति दिन्छौँ ।’

उनका अनुसार यो औषधि एक थानको ६ हजारदेखि २१ हजार रुपैयाँसम्म पर्न सक्छ । नेपाल औषधि ऐन २०३५ अनुसार क्लिनिकल ट्रायलका रूपमा प्रयोग भइरहेका औषधि दर्ता गरेर आयात गर्न नमिल्ने हुँदा अहिले आपत्कालीन प्रयोगका लागि चलाउन मिल्ने गरी मात्रै ल्याइने उनले बताए । नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका (इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९) मा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन मिल्ने उल्लेख छ ।

संक्रमितलाई यो औषधि दिँदा शरीरमा थप भाइरस उत्पादन हुनबाट रोक्छ । शतप्रतिशत संक्रमण निको पारेर मृत्यु नै रोक्छ भन्नेचाहिँ प्रमाणित हुन बाँकी छ ।

यो औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ। यो औषधि दिएका मानिसहरू औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन्। तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ।