जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १४:५०

सावधान ! कुखुराको मासुमा पनि फेला पर्यो कोरोना


काठमाडौं, साउन २९ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मासुजन्य पदार्थमा समेत फेलापरेको तथ्य बाहिर आएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको हो ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जनाएको छ । सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जानकारी गराएको हो । फ्रोजन कुखुराको पखेटामा कोरोना संक्रमण भेटिएको सो विज्ञप्तिमा जनाइएको छ ।