जनता टाइम्स

३२ श्रावण २०७७, आईतवार ०६:३६

भारतमा कोरोनाबाट ५० हजार बढीको मृत्यु


काठमाडौं,  साउन ३२ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार विहान सम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको हो । भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।