काठमाडौं
सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटनमा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किए सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले पुष्टि गरेको छ ।
सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो । घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।
यता, आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा पनि बिस्फोट भएको प्रहरी जनाएको छ।
घटनामा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। तर, कोठाभित्र छिर्न सकेको छैन्। के बिस्फोट भएको भन्नेबारे पनि खुल्न सकेको छैन्।
प्रतिक्रिया दिनुहोस्