काठमाडौं, १३ जेठ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आइतवार साँझ गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो ।
सरकारले देश भर कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थालाई निकै कडा पारेको छ । उपत्यकाको भित्र बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै चेक जाँचका कडा पारिएको छ ।
पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरुका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्