जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार ०७:५८

विश्वभर कोरोना संक्रमितमध्ये १ करोड ५२ लाख ९१ हजार ७०२ जना संक्रमण मुक्त


काठमाडौं,  भदौ ४ । चीनको उहान राज्यबाट फैलन सुरु भएको कोरोना भाइरस ९कोभिड–१९०बाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९० हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५२ लाख ९१ हजार ७०२ जना संक्रमण मुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार १७४ जनाको मृत्यु भएको छ । ३२ लाख ४७ हजार ४३८ जना संक्रमित भएकोमा १९ लाख ४१ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५२ हजार ५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख २१ हजार ६६१ पुगेको छ । त्यसमध्ये ३७ लाख ४६ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख २४ हजार ९२० जनाको मृत्यु भएको छ । ५९ लाख २७ हजार ९९२ जना संक्रमित भएकोमा ४६ लाख ३३ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८१ हजार ६९५ जनाको मृत्यु भएको छ । ५४ लाख ८४ हजार ३९१ जना संक्रमित भएकोमा ४० लाख ७८ हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २६ हजार ६८५ जनाको ज्यान गएको छ भने ११ लाख ५१ हजार ६९५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ७४ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४७६ जनाको मृत्यु भएको छ । २६ हजार २५१ जना संक्रमित भएकोमा १६ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।