जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार ०९:००

आज विहानैबाट उपत्यका लगायत विभिन्न स्थानमा शंकास्पद बस्तु फेला, सेनाबाट निष्क्रिय


काठमाडौं, १३ जेठ । आज विहानैबाट उपत्यका लगायत विभिन्न स्थानमा फेला परेको शंकास्पद बस्तु प्रहरी निष्क्रिय पारेको छ ।
भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्क्रीय पारेको छ । आज बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो । मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीको खम्बा नजिकै रातो तारले कुकरलाई बेरेर राखीएको विष्फोटक पदार्थ सेनाको डिस्पोजलले टोलीले शंकास्पद बस्तु निष्क्रिय पारेको छ । त्यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटिएको छ । दमौली–तनहु“मा दुई ठाउ“मा शंकास्पद बस्तु आज बिहान फेला परेको छ ।

पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्या“स नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोजल पारिएको छ । बैतडी–दोगडाकेदार गाउ“पालिकामा आज बिहानै शंकास्पद वस्तु फेला परेको छ । दोगडाकेदार– ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु डिस्पोज गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

 

यसैगरी, रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । अर्घाखा“चीको सन्धिखर्कस्थित अर्घाखा“ची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको थियो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विस्फोटक पदार्थ निस्क्रिय पारेको छ । नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

मकवानपुरको चौकी टोल र खानीगाउ“मा दुई ट्रकमा आगजनी भएको छ । हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रक र हेटौंडातर्फ आउ“दै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिनुभयो ।