जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार ०७:५२

भारतमा २४ घण्टामा कोरोनाबाट ९ सय ८१ जनाको मृत्यु


काठमाडौं, भदौ ५। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा गएको २४ घण्टामा ६८ हजार भन्दा धेरै मानिस संक्रमित बनेका छन् ।

भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ । भारतमा हालसम्म २१ लाख ५७ हजार वढी संक्रमित निको भएका छन् । यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाएका छन् ।