जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १२:३५

दुवईमा रोकिएका २६२ नेपालीलाई आइतवार स्वदेश ल्याइने


काठमाडौं, भदौ ५

सरकारले दुबईको एयरपोर्ट पुगेर पनि स्वदेश फर्कन नपाएका नेपालीलाई आइतवार ल्याउने भएको छ । सरकारले नेपाल वायु सेवा निगमलाई उनिहरुलाई उद्धार गरेर ल्याउन अनुमतिसहितको पत्र पठाएको छ ।

गत मंगलबार उनीहरुलाई लिन नेपाल एयरलाइन्सको विमान दुबई पुगेको थियो । तर, अन्तिम समयमा सीसीएमसीले कोही पनि उद्धार उडान गरेर ल्याउन नदिएपछि निगमको विमान खाली फर्किएको थियो ।

नेपाल आउन तयार भएर पनि आउन नपाएका यात्रु ल्याउन सरकारले अनुमति दिएको पत्र आएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमले २ सय ६२ जनालाई आइतबार नेपाल ल्याउनेछ ।

सीसीएमसीको निर्णयका कारण सबै प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगिसकेका समेत नेपाल आउन पाएका थिएनन् । एयरपोर्टसम्म आइसकेका यात्रु नेपाल फर्कन नपाएपछि विचल्लीमा परेका छन् । तर, सोही दिन टर्किस एयरलाइन्सले भने २०१ यात्रु लिएर नेपाल आएको थियो ।