काठमाडौं ।
ललितपुरको टुटेपानी भन्ने ठाउँमा राखिएको प्रेसर कुकर बम सेनाले निष्क्रिय बनाएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ । सोमबार बिहान भेटिएको उक्त वस्तु ९ बजेर ५२ मिनेटमा निष्क्रय पारेको हो । शंकास्पद वस्तु भेटिए पछि उक्त क्षेत्रमा आवागमन रोकिएको थियो । सो सडकबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्