जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार ०६:३१

भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जनामा कोरोना भाइरसको संक्रमण


काठमाडौं, भदौ ९ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिन ५९ हजारभन्दा बढी संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको छ ।