जनता टाइम्स

१० भाद्र २०७७, बुधबार १५:०८

१६ बुँदे माग राख्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु आन्दोलित


धरान, भदौ १०

कोरोनाको उपचारमा खटिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्स तथा सहयोगीहरु आन्दोलनमा उत्रिएका छन् । संक्रमित विरामीको उपचारमा संलग्नहरुलाई क्वारेन्टिन राख्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, बढेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना बीमा गरिनुपर्नेलगायत १६ बुँदे माग राखेर आज बिहानैदेखि उपकुलपतिको कार्यालय परिसरमा धर्नामा बसेका छन् ।

आफ्ना मागका सम्बन्धमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित अन्य पदाधिकारीहरुले नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग छलफल गरिरहेको आन्दोलित नर्सले जानकारी दिनुभयो । उहाँले पर्याप्त पीपीई नहुँदा आफुहरु संक्रमणको जोखिममा रहेको तथा जोखिमभत्ता नदिदा मनोबल गिरेकाले आन्दोलित हुन परेको गुनासो गर्नुभयो ।