जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १४:२५

कोरोना संक्रमणबाट रुपन्देही र पोखरामा एक/एक जनाको मृत्यु


काठमाडौं, भदौ १२

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उक्त पुरुष अस्पताल भर्ना हुनुभएको थियो ।

भेल्टिलेटरमा उपचाररत उहाँको विहान २ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट पोखरामा एकको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँ आजै अस्पताल पुग्नुभएको थियो ।