जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १५:५५

गोरखाका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु, चितवनमा आज मात्रै तीनको मृत्यु


चितवन, भदौ १२

चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्‍यु भएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका–१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा आज मात्रै तीन जना संक्रमितको मृत्यु भएको छ ।