काठमाडौं, भदौ १२
सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि थप तीनवटा अस्पताललाई कोरोना विशेष अस्पताल सूचीकृत गरेको छ । राजधानीमा दुई वटा र पर्सामा एउटा गरी तीन वटा अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जको नेसनल मेडिकल कलेज तथा काठमाडौंमा कान्तिपुर अस्पताल र जमैत्री अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको हो । योसँगै यी तीन अस्पतालमा अब कोरोना सम्बन्धिमात्र सेवाहरु उपलब्ध हुनेछन् ।
अस्पताल थप गरेसँगै सरकारले बेडहरु पनि थप गरेको छ । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा पनि कोरोना अस्पताल र भएका अस्पतालमा बेड थप गरिएको जनाएको छ। जस अनुसार केन्द्रीय अस्पतालमा १००० बेड, प्रादेशिक अस्पतालमा १९५७ वटा बेड र ६४९ वटा स्थानीय पालिकाहरूमा ५ बेडका दरले ३२४५ वडा बेड थप गरेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्