काठमाडौं, भदौ १४
सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो ।
महावाणिज्यदूत नियुक्त गर्ने प्रक्रिया अन्तर्गत दुवै सहसचिवलाई गत मंगलबार परराष्ट्र मन्त्रालय सरुवा गरिएको थियो । परराष्ट्र मन्त्रालय सरुवा हुनुअघि रानामगर झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गत दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख हुनुहुन्थ्यो । रानामगर र ढकाल दुवै नुवाकोटका बासिन्दा हुनुहुन्छ । हङकङ र मकाउमा रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्