जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार ११:२२

पर्साका ४३६ स्वाबमध्ये ३८ मा कोरोना पोजेटिभ


विरगन्ज, भदौ १५

पर्सामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतलाका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिला सहित ६ वर्ष देखि ७० वर्ष उमेर समूहका ३८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका १२, छपकैयाका ३, वडा नम्बर २० का दुई तथा वडा नम्बर ५, ६, १३ र १५ का एक–एक जना रहेका छन् ।

यस्तै, कालिकामाई गाउँपालिका– १ र ४ मा ४–४ र वडा नम्बर ३ मा एकजना कोरोना संक्रमित थपिएका छन् । जीराभवानी गाउँपालिका– २ मा थप दुईजनामा कोरोना देखिएको छ ।

बाराको कोल्भीमा तीन र महागढीमाई नगरपालिका– ११ मा एक एकजनामा कोरोना संक्रमण पुष्टि भएको डा।चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाहीका एक–जना संक्रमित रामनगर गाउँपालिकाका हुन् ।