जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १५:२८

गण्डकीमा थपिए १३ संक्रमित


कास्की, भदौ १५

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा गोरखाका २ जना, बाग्लुङका २ जना र नवलपरासीका ८ जना छन् । तीनीहरुमध्ये ५ महिला र ८ जना पुरुष छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ सय ५१ पुगेको छ ।