जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १६:४३

करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु


रुकुम पश्चिम, जेठ १३

करेन्ट लागेर मुसिकोट नगरपालिका–१३ मा एक बालकको मृत्यु भएको छ । बिजुलीको पोल अड्याउनका लागि तानिएको तारबाट करेन्ट लागेर जिल्लाको सानीभेरी गाउँपालिका–१०, अर्माका ११ वर्षीय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुसिकोट–१३ छिवाङमा रहेको फुपूको घर आएको बेला सोमबार बिहान उनलाई करेन्ट लागेको थियो । साथीहरूसँग बिजुलीको पोल अड्याउनका लागि तानिएको तारमा खेलिरहेका बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उहाँले बताउनुभयो ।

यसैबीच त्रिवेणी गाउँपालिका–२ सिम्रुतुस्थित एक घरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । छिमेकी देवबहादुर खड्काको घरमा आगलागी भएपछि आफ्नो घरमा पनि आगो सर्ने डरले सामान निकाल्दै गर्दा बारदालीबाट खसेर श्रीमान्÷श्रीमती घाइते भएका हुन् । क्षेत्रबहादुर बिसी र श्रीमती शारदा बिसी बारदलीबाट खसेका थिए ।