जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १८:३०

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन


काठमाडौं, भदौ १५

भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको ८४ वर्षको निधन भएको छ । लामो समयदेखी अस्पतालमा उपचार गरिरहेका मुखर्जीका सोमबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बन्नु भएको थियो । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए ।

भारतका राष्ट्रपति र प्रधानमन्त्रीले मुखर्जीको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले मुखर्जीको निधनले एक युगको अन्त्य भएको बताउनु भएको छ ।