जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार ११:४२

आइसोलेसन र क्वारेन्टिनमा रहेका विरामीको सेवाका लागि स्वास्थ्य मन्त्रालयले माग्यो स्वयंसेवक


काठमाडौं, भदौ १६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन आह्वान गरेको छ । कोभिड–१९ का विरामी बढ्न थालेपछि स्वयंसेवकका रुपमा काम गर्न इच्छुकलाई तीन दिनभित्र फारम बुझाउन भनेको छ ।

मन्त्रालयले अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुलाई स्वयंसेवकको रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन भनेको छ। मन्त्रालयले चिकित्सक, नर्स प्यारामेडिक्स, तथा अन्य स्वास्थ्यकर्मी तथा सेवा निवृत्त स्वास्थ्यकर्मीहरुले स्वयंसेवकको रुपमा काम गर्न इच्छुकले तीन दिन भित्र आवेदन दिन सक्ने बताएको छ।

आवेदन अनलाइनबाट मात्रै दिन सकिने छ । त्यसका लागि इच्छुक स्वास्थ्यकर्मीले मन्त्रालयको वेबसाइटमा गएर तीन दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन् । मन्त्रालयले स्वयंसेवकको माग संख्या भने तोकेको छैन ।