काठमाडौं, भदौ १६
कोरोना भाइरसको कारण नेपालसहित विश्वको शैक्षिक व्यवस्था लथालिंग भईरहेको छ । जसले गर्दा विद्यार्थीको परीक्षा, पठनपाठन ठप्प छ भने के गर्ने भन्नेमा अन्यौल उत्पन्न भईरहेको छ । नेपालमा एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाट नम्बर दिइएर निकालिएको छ ।
दक्षिणी छिमेकी भारतमा भने सर्वोच्च अदालतले फाइनल परीक्षा नलिई विद्यार्थीलाई उत्तिर्ण नगराउन आदेश दिएको छ । भारतको उच्च शिक्षाको नियामक संस्था युजिसीले सेप्टेम्बर ३० तारिखभित्र फाइनल परीक्षा सञ्चालन गर्न सर्कुलर जारी गरेपछि त्यसका विरुद्ध विभिन्न ३२ वटा संस्था र विद्यार्थीहरु सर्वोच्च अदालत पुगेका थिए । सो मुद्दामा अदालतले २८ तारिखमा आदेश दिदै फाइनल परीक्षा विना उत्तिर्ण नगराउन भनेको हो ।
अदालतले आदेशमा तत्काल सकिदैन भने परीक्षा केही समय पछाडी सार्न सकिने बताउदै विना परीक्षा पास भने गराउन नमिल्ने भनेको छ । न्यायाधीश अशोक भुषणसहितका तीन न्यायाधीशको इजलासले राज्यले महामारीका कारण परीक्षाको तारिख अगाडी बढाउन सक्छन् तर, विना फाइनल परीक्षा विद्यार्थीको कक्षा वृद्धि गर्न पाउदैनन् ।













प्रतिक्रिया दिनुहोस्