काठमाडौं, भदौ १६
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना हुनुभएको थियो । उपचारकै क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्