बुटवल, भदौ १६
रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टि भएको हो । बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
हिजो राति रिपोर्ट आएकाले स्थानीय तहहरुले वडागतरुपमा संक्रमितहरुको तथ्यांक तयार गर्ने क्रममा रहेको जनाएका छन् । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ । प्रादेशिक अस्पतालमा राति आएको रिपोर्टमा ६ जना संक्रमित कपिलवस्तुका पनि छन् ।
प्रतिक्रिया दिनुहोस्