जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १३:३६

१४ दिने नाबालकसहित ३९ मा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या २२०५ पुग्यो


कास्की, भदौ १६

गण्डकी प्रदेशमा आज १४ दिने नाबालकसहित थप ३९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । लमजुङको बेसीशहरमा २६, नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा २ जना र बागलुङमा १ जना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् ।

संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी रहेका छन् । उहाँको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।