जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार २१:५१

नेपाल वायुसेवा निगमद्वारा भाडादर सार्वजनिक


काठमाडौं, भदौ १७

नेपाल वायुसेवा निगमले भदौ १६ देखी सुरु गरेको नियमित उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । भाडादर महँगो भएको भनी आएको विषयप्रति निगमको ध्यानाकर्षण भएको जनाउदै नया भाडादर सार्वजनिक गरेको हो ।

वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरेको हुन्छ । निगमले पनि सोहीबमोजिम विभिन्न सेक्टरका लागि नियमित उडानको भाडादरको रेन्ज निर्धारण गरेको छ ।

उल्लेखित हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले निर्धारण गरेको भाडादर भन्दा बढी रकम तिरी कसैले पनि टिकट खरीद नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ । साथै उडान संख्या, यात्रु तथा बर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमले जनाएको छ ।