जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार २२:१५

अन्तराष्ट्रिय उडान खुलेपछि यस्तो देखियो विमानस्थलको दृष्य


काठमाडौं, भदौ १७

चैत पहिलो सातादेखी बन्द रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भदौ १६ गते रातिदेखी खुलेको छ । कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि अन्तराष्ट्रिय विमानस्थल खुलेको हो । अन्तर्राष्ट्रिय उडानका लागि बुधबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो देश फर्कने विदेशी नागरिकहरुको लाइन लाग्न थालेको छ । २०७६ चैत पहिलो हप्तादेखि बन्द रहेका अन्तराष्ट्रिय उडान शुरु भएको छ ।