जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार ११:२१

काठमाडौं महानगरपालिकाद्वारा ९ वटा वडामा स्वाब संकलन शुरु


काठमाडौं, भदौ १८

काठमाडौं महानगरपालिकाले महानगरभित्र स्वाब संकलन शुरु गरेको छ । कोरोना नियन्त्रण अभियानअन्तर्गत आज ९ वटा वडामा स्वाब संकलन शुरु गरेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार कन्ट्याक्ट ट्रेसिङअन्तर्गत संक्रमितसँग सम्पर्क गरेका व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको जानकारी दिनुभयो । उहाका अनुसार वडा नम्बर ८ मा १०० जना, वडा नम्बर २९ मा १०० जना, वडा नम्बर २८ मा १२० जना, वडा नम्बर २०, २१, २३ र २४ मा १२० जना, वडा नम्बर ३ मा ३० जना र वडा नम्बर ६ मा ५५ जनाको विहान ११ र २ बजे स्वाब संकलन गरिनेछ ।

आज संकलन गरेको स्वाबको परीक्षणपछि थप रणनीति तय गरिने महानगरले जनाएको छ । अहिले काठमाडौंमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । बुधबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा मात्रै ४ हजार ६६२ सक्रिय संक्रमित रहेका छन् ।