१४ जेष्ठ २०७६, मंगलबार ००:००

प्रहरी बलियो भएकैले विप्लवले घरबाहिर बम पड्काउन सकेनन् – आईजीपी खनाल


काठमाडौं, १४ जेठ । आईजीपी सर्वेन्द्र खनालले प्रहरी संगठन चुस्त र बलियो रहेको दाबी गरेका छन् ।
खनाल भन्छन्– प्रहरीसँग प्रष्ट योजना छ । योजनाअनुसार नै हामीले काम गरिरहेका छौं । हाम्रो योजनाकै कारण उनीहरु (विप्लव समूह)ले घरबाट बाहिर निस्केर विस्फोट गर्न नसकेका हुन् । प्रहरीको उपस्थितिले नै घरभित्रै उनीहरु आत्तिएर बम पड्किने अवस्था आएको छ । प्रहरी बलियो भएकाले नै सर्वसाधारणलाई लक्षित गरेर विस्फोट गर्ने उनीहरुको योजना असफल भएको हो । नयाँ पत्रिकाबाट