सिन्धुपाल्चोक, भदौ १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सहभागीतामा बुधबार बाह्रविसे नगरपालिकाको कर्थलीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । बिहीबार नै बस्नेतको आफ्नै घरमा बाह्रविसे नगरपालिका गातीका केहीलाई ल्याएर कांग्रेसमा प्रवेश गराउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो । केन्द्रीय सदस्य बस्नेतले दुइ दिन लगातार अन्य दलका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन सक्रिय बन्नुभयो । शुक्रबार (आज) कांग्रेस निकट तरुण दलका १ नम्बर क्षेत्रीय सभापतिलाई कोरोना संक्रमण पुष्टि भयो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरेको छ तर प्रमुख प्रतिपक्ष एवं सरकारका मन्त्रीसमेत भइसक्नु भएका पूर्वमन्त्री बस्नेतलाई र नेपाली कांग्रेसलाई भने यतिबेला चुनाव नै आएको झै भइरहेको छ ।
कहिले बाह्रविसेमा सरकारविरुद्ध नारा जुलस त कहिले नगरपालिकाको विरुद्ध मौन जुलुस लक डाउन छ तर कांग्रेसलाई भने खुलेआम कार्यक्रमहरु गर्ने छुट भइरहेको छ । बाह्रविसे नगरपालिकाले पनि नगरका केही वडाहरुमा गरेको सिल कायमै छ । तर कांग्रेसको सरकार र नगरविरुद्धको प्रर्दशन भेला बैठक रोकिएको छैन । नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापतिलाई शुक्रबार कोरोना संक्रमण पुष्टी भएको छ । तरुण दलका क्षेत्रीय सभापति कांग्रेसले आयोजना गरेका सबै कार्यक्रमहरुमा सहभागी थिए । तरुण दलका क्षेत्रीय सभापतिलाई कोरोना सक्रमण पुष्टी भएपछि अब कन्ट्याक्ट ट्रेसीङ कति जनालाई गर्ने भन्ने नगरपालिकालाई समेत समस्या भएको छ ।
सिडीओ कार्यालयले लक डाउन गर्छ, बाह्रविसेमा यसको कुनै प्रभाव नै छैन, कांग्रेसले खेलेआम कार्यक्रमहरु गरिरहेका छन्, नगरबासीलाई समस्या भयो, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले गुनासो गर्नुभयो । ‘हामी नगरबासीको सुरक्षा कसरी गर्न सकिन्छ भनेर दिनरात नभनी लागिरहेका छौं तर कांग्रेसले भने पार्टी प्रवेश लगायत अन्य कार्यक्रमहरुमा भिडभाड गरेर नगरबासीको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको छ,’ नगरप्रमुख शेर्पाले भन्नुभयो । कांग्रेसका अराजक, उदण्ड र अनुशासनहीन कार्यताहरुको कारण नगरपालिकामा कोरोना जोखिम बढ्दै गएको छ, नगरबासीमा केही भएमा त्यसको जिम्मेवारी कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिम्मा लिनुपर्ने मेयर शेर्पाले बताउनु भयो ।
कहिले नगरपालिकाको कर्मचारी माथी कुटपिट गर्ने, कहिले नगरको सवारी साधनमा तोडफोड गर्न खोज्ने,कहिले आमसभा नै गर्ने यस्ता ज्यादती भएपनि प्रशासन मौन बसेको मेयर शेर्पाले आरोप लगाउनुभयो । कांग्रेसका कारण बाह्रविसे नगरपालिका लगायत आसपासका स्थानीयमा कोरोना संक्रमणको जोखिम उच्च रहेको शेर्पाले बताउनुभयो । लक डाउन उल्लंघन गर्ने लाई कारावही गर्ने घोषणा गरेपनि बाह्रविसे आसपासका क्षेत्रमा कांग्रेसको लकडाउन विरुद्धको कार्यक्रम निरन्तर भैरहदा नगरबासी कोरोनाको संक्रमण हुने डरले भयभित भएको बाह्रविसे नगरपालिका–४ का एक स्थानीयले बताए ।
‘स्वयं कांग्रेसका नेता कार्यकर्ताहरु पनि यो लक डाउनमा बाहिर निस्कन चाहदैनन तर केन्द्रीय सदस्य बस्नेतले नै बोलाएपछि हामी जान बाध्य हुन्छौं,’ नाम प्रकाशित नगर्ने शर्तमा कांग्रेसका एक नेताले जनताटाइम्ससँग भने । हाम्रो कारण अरु पनि समस्यामा छन, यस्ता पार्टी प्रवेश कार्यक्रमहरु त पछि गर्दा पनि हुने हो,हामी जस्ता साना कार्यकर्ताहरुको कुरा कसले सुन्ने र ती नेताले निराश हुँदै भने ।
तस्विरः लक डाउनमा पार्टी प्रवेश गराउँदै काग्रेस केन्द्रीय सदस्य बस्नेत
केन्द्रीय सदस्य बस्नेत भटाभट पार्टी प्रवेश गराउँदै
प्रतिक्रिया दिनुहोस्