बुटवल, भदौ १९
रुपन्देहीमा कोरोना संक्रमणका कारण आज थप दुईजनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ः४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा आज बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्