जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १४:११

गण्डकीमा ४० थप नयाँ कोरोना सङ्क्रमित


पोखरा, भदौ १९

गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जना संक्रमित थपिएका हुन् । यो संगै गण्डकीमा संक्रमितको संख्या दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

थप संक्रमितहरुमा पोखराका मात्रै १६ जना छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन् । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।