जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १७:३४

सकरात्मक समाचार : ६ दिनमै निको हुने दरमा ४ प्रतिशतले वृद्धि


काठमाडौं, भदौ १९

कोभिड–१९ का विषयमा दैनिक जसो सञ्चारमाध्यममा निराशाजनक समाचारहरु प्रकाशन भईरहेका छन् । दैनिक यति संक्रमण बढ्यो, यति मृत्यु भयो भन्ने सुन्नु परिरहेको छ । चाहेर पनि नचाहेरपनि त्यो सत्य नै हो खवर ।

यस्तो अत्याश लाग्दो अवस्थाबाट पछिल्लो ६ दिनमा केही सकरात्मक समाचार पनि आँकाडाले दिएको छ । आइतवार कोरोनाबाट निको हुने दर ५४ प्रतिशत रहेको थियो । तर, शुक्रबारसम्म आइपुग्दा यो दर ४ प्रतिशतले वृद्धि भएर ५८ प्रतिशत पुगेको छ । अर्थात यो ६ दिनमा ५ हजार ६ संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्राबार १ हजार ३५४ जना संक्रमणमुक्त भएर घर फर्किनु भएको छ । शुक्रबारसम्म ४४ हजार २३६ संक्रमितमध्ये २५ हजार ५६१ जना संक्रमण मुक्त भएर घर फर्किनु भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विहिवार ९१७, बुधबार १ हजार ११२, मंगलबार ७६८, सोमबार ५८८ र आइतवार २६७ जना संक्रमणमुक्त हुनु भएको थियो ।