जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १५:३९

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्यको साताव्यापी सचेतना कार्यक्रम


काठमाडौं, भदौ २०

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साताव्यापी सचेतना अभियान शुरु गरेको छ । प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा भीड हुने स्थानहरुमा सचेतना अभियान सञ्चालन गरिएको र ती स्थानहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए/नअपनाएको अवलोकन गर्ने र नगरेको पाइएमा जानकारी दिइने बताउनुभयो ।

उहाँले मास्क लगाए/नलगाएको अवलोकन गरि नलगाएकाहरुलाई निःशुल्क मास्क विरतण गर्ने, माइकिङ गर्ने बताउँदै एक सातासम्म अभियानको प्रभावकारिता हेर्ने र सोही अनुसार अघि बढ्ने बताउनुभयो । अभियानको लागि हिसानले १० वटा बस उपलव्ध गराएको छ । बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतीदेवी, पाटन, लगनखेल, ग्वार्को , सातदोबाटो र भक्तपुरमा गई सचेतना कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ ।