जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १६:३८

सात दिनमा ६ हजार ५७२ जनाले जिते कोरोना संक्रमण


काठमाडौं, भदौ २०

कोभिड–१९ संक्रमणबाट पछिल्लो सात दिनमा साढे ६ हजार संक्रमणमुक्त भएका छन् । निको हुने संक्रमणदर दैनिक रुपमा वृद्धि हुदै गएको हो ।

शनिवारमात्रै १ हजार ५६६ जना संक्रमणमुक्त हुनु भएको छ । योसँगै निको हुने दर पनि ६० प्रतिशत पुगेको छ ।

गएको आइतवार कोरोनाबाट निको हुने दर ५४ प्रतिशत रहेको थियो । तर, शनिवारसम्म आइपुग्दा यो दर ६ प्रतिशतले वृद्धि भएर ६० प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको आइतवार २६७, सोमबार ५८८, मंगलबार ७६८, बुधबार १ हजार ११२, विहिवार ९१७, शुक्रबार १ हजार ३५४ जना संक्रमणमुक्त भएर घर फर्किनु भएको छ ।