जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार ११:४३

दुई नर्ससहित गण्डकीमा थपिए ६७ कोरोना संक्रमित


पोखरा, भदौ २१

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखा परेको छ । आज विहान ९ बजेको अपडेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीमा २० जना, लमजुङमा २ जना, बागलुङमा ३ जना र स्याङ्जामा २२ जनामा संक्रमण देखिएको छ । यस्तै तनहुँमा ७ जना र नवलपरासी पूर्वमा १३ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ११ बर्ष उमेर देखि ७६ बर्षसम्मका छन् ।

डा. शर्माले पोखरामा संक्रमित देखिएका दुई जना पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत स्टाफ नर्स भएको बताउनुभयो । उहाँले लमजुङका दुई जना रिलायन्स फाइनान्समा कार्यरत कर्मचारी भएको र बाँकी सबै कन्ट्याक्ट टेसिङबाट सम्पर्कमा आएकाहरु भएको पनि जानकारी दिनुभयो । यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ ।