जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १४:२३

गण्डकी प्रदेश प्रहरी प्रमुखलाई कोरोना


पोखरा, भदौ २१

गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।