जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १५:२३

बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


धरान, भदौ २१

बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ । गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कन्काई नगरपालिका–३ की ४५ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो ।

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना हुनुभएको थियो । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते नै बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर हुनुभएको थियो ।