जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार ०९:४९

विश्वभर कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७३ हजार नाघ्यो


काठमाडौं,  भदौ २२ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर २ करोड ७२ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार ३१८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै एकै दिन थप ४ हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार ३०५ पुगेको छ ।

एकै दिन २ लाख ११ हजार २२७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७३ हजार ७१४ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ९७८ जनाको मृत्यु भएको छ । ३७ लाख ९८ हजार ९२३ जना संक्रमित भएकोमा २१ लाख ६० हजार ८६४ जना संक्रमणमुक्त भएको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले जनाएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८० हजार ६७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ७१ हजार १४५ पुगेको छ । त्यसमध्ये ४५ लाख ५८ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५२ हजार १२१ जनाको मृत्यु भएको छ । ७७ लाख ५७ हजार ५१८ जना संक्रमित भएकोमा ६२ लाख ५२ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १२ हजार ६१० जनाको मृत्यु भएको छ । ६७ लाख २६ हजार ८२३ जना संक्रमित भएकोमा ५३ लाख ३५ हजार ७४८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ३५७ जनाको ज्यान गएको छ भने १३ लाख ५ हजार २५२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४० हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४३ जना संक्रमित भएकोमा २४ हजार ७४० जना संक्रमणमुक्त भएका छन् ।