जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १४:३४

एक चिकित्सक र २ नर्स सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण


पोखरा, भदौ २३

एक चिकित्सक र २ नर्स सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । भरतपुर अस्पताल चितवन, चितवन मेडिकल कलेज चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार कास्कीमा ५ जना नवलपरासीका ६ जनामा संक्रमण देखिएको छ । जसमा ४ महिला र ७ जना पुरुष छन् । यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६१२ पुगेको छ ।