जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार १६:२१

पछिल्लो २४ घण्टामा थपिए १४५४ कोरोना संक्रमित


काठमाडौं, भदौ २६

नेपालमा पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७०१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५४ जना कोरोना संक्रमित थपिएका हुन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ सय पुगेको छ । आज १४ हजार ९२५ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ६ हजार ६३४ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ७८ रहेको छ ।