जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार १६:४७

कोरोनाले थप ५ को मृत्यु, मृतकको संख्या ३२२ पुग्यो


काठमाडौं, भदौ २६

नेपालमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ५ जना कोरोना संक्रमितको ज्यान गएको छ ।