जनता टाइम्स

२७ भाद्र २०७७, शनिबार १८:५३

११ वटा कारागारका २ सय ३१ कैदीबन्दीमा कोरोना संक्रमण, पाँच जनाको मृत्यु


काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा २ सय ३१ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय भन्दा बढीमा गरिएको पिसिआर परीक्षणमा २ सय ३१ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये हालसम्म ८६ जना निको भएका छन भने १ सय ३७ उपचाररत रहेका छन् । संक्रमितमध्ये केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागले जनाएको छ । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।

आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा संक्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० सय जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेका छन । यस्तै सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यसैगरी पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।