जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार ०८:५८

विश्वभर २ करोड ८ लाख कोरोना संक्रमित निको


काठमाडौं, २८ भदौ । कोरोना भाइरसबाट विश्वभर २ करोड ८८ लाख ६५ हजार १ जना संक्रमित भएका छन्। ती मध्ये ९ लाख २२ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ करोड ८ लाख २६ हजार १७५ उपचारपछि निको भएका छन्।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६६ लाख ६३ हजार ९३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ८३८ जनाको मृत्यु भएको छ। त्यहाँ ३९ लाख ३२ हजार ६०९ जना उपचारपछि निको भएका छन्।

यसैगरी भारतमा ४७ लाख ५१ हजार ७८८ जना संक्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ। त्यहाँ ३६ लाख ९९ हजार ३०६ जना उपचारपछि निको भएका छन्।

यसैगरी ब्राजीलमा ४२ लाख ९७ हजार ९४९ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख ३० हजार ८७० जनाको मृत्यु भएको छ भने ३५ लाख ३० हजार ६५५ जना उपचारपछि निको भएका छन्।