जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १५:३६

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, भदौ २८ । कोरोना भाइसको संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४ जनाको आज मृत्यु भएको छ । अस्पतालका डा. सविन थपलियाले दिनुभएको जानकारी अनुसार काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष र एक जना सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको रहेको अस्पतालले जनाएको छ । ज्यान गुमाउने सबैको विभिन्न स्वास्थ्य समस्याले अस्पताल पुगेपछि परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।