जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ०८:२६

विश्वभर २ करोड १० लाख २५ हजार २८३ जना कोरोना संक्रमितको निको


काठमाडौं,  भदौ २९ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ ।
यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २०८ पुगेको छ ।

एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।  वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ५४३ जनाको मृत्यु भएको छ । ४० लाख ७९ हजार ७७६ जना संक्रमित भएकोमा २२ लाख ४५ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८९ हजार ८०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७९ लाख ८९ हजार १४९ पुगेको छ । त्यसमध्ये ४८ लाख ६७ हजार १७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६४ हजार २५५ जनाको मृत्यु भएको छ । ८६ लाख ३ हजार ३९९ जना संक्रमित भएकोमा ६९ लाख ५७ हजार २८२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २८ हजार ६५ जनाको मृत्यु भएको छ । ७१ लाख १७ हजार ३८८ जना संक्रमित भएकोमा ५८ लाख २४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ६७८ जनाको ज्यान गएको छ भने १३ लाख ५९ हजार ५६९ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ४ हजार ४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८४४ जनाको मृत्यु भएको छ । २९ हजार ९७० जना संक्रमित भएकोमा २६ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।