जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १६:२५

कोरोनाले लियो काठमाडौं उपत्यकाका ८ सहित २४ घन्टामा १५ जनाको ज्यान (सूचीसहित)


काठमाडौं, भदौ २९

२९ कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरीमा ५ महिलासहित १५ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

योसँगै हालसम्म कोरोनाका कारण ३६० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६१ वर्षीया महिलासहित ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोनाका कारण मोरङमा ४० र ७० वर्षीय पुरुष, ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, रामेछापका २३ वर्षीय पुरुष, गोरखामा ६३ वर्षीया महिला, नवलपरासीमा ६२ वर्षीया महिला, पर्सामा ५५ वर्षीया महिला र कपिलबस्तुमा ४७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।