जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १२:५६

‘घाँसको माया गाईलाई’ मा एलिसा र दुर्गेश


काठमाडौं, भदौ ३०

गायक राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर रहेको गीत ‘घाँसको माया गाईलाई’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक शिवाकोटीले नै संगीत भर्नुभएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र मोडेल दुर्गेश थापाको अभिनय छ ।

भिडियोसहित इनाक्षी इन्टरटेनमेन्टमार्फत गीत बाहिर आएको गीतमा रामजनक कटवाल निर्माता रहेका छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका हुन् । भिडियोमा बालकलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय छ ।