जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १७:३०

वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


धरान, भदौ ३०

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सुनसरीको धरान–१७ का ७० वर्षीय वृद्धको दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमामा समस्या देखिएपछि भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएकोमा भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. सापकोटाका अनुसार उहाँ उच्च रक्तचापका बिरामी समेत हुनुहुन्थ्यो ।