जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार ११:०८

स्वास्थ्यमा समस्या आएपछि कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना


काठमाडौं, भदौ ३१

कोरोनाबाट संक्रमित हुनु भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनु भएको छ । संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसिरहनु भएका उहाको स्वास्थ्यमा केही असहजता उत्पन्न भएकाले अस्पताल भर्ना गरिएको हो ।

उहाका स्वकीय सचिव भरत तिवारीले दिएको जानकारी अनुसार निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको जानकारी दिनु भयो ।

कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले बताउनु भयो । यद्यपी उहाको स्वास्थ्य अवस्था सामान्य रहेको र प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उहामा कोरोना पुष्टि भएको थियो ।